Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

इस्लाम धर्मावलम्बीले आज इदुलफित्र मनाउँदै

इस्लाम धर्मावलम्बीले आज इदुलफित्र मनाउँदै

  • शनिवार, बैशाख ९ २०८०

  • 608
    SHARES

  • इस्लाम धर्मावलम्बीले आज इदुलफित्र मनाउँदै

    काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले आज ‘इदुलफित्र’ विशेष रूपमा मनाउँदैछन् ।

    एक महिना लामो उपवास बसेर व्रत ‘रोजा’ अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले ‘इदुलफित्र’ मनाउने गर्दछन् । रमजान पर्व सकिएको भोलिपल्ट ‘इदुलफित्र’ मनाउने गरिन्छ ।

    ‘इदुलफित्र’ का अवसरमा एक आपसमा खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी ‘इदगाह’ वा ‘मस्जिद’मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् ।

    विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

    आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई ‘इदुलफित्र’ भनिएको हो ।

    अरबी पात्रो हिजरी संवत अनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि तय गरिने इद उल फित्र दशौं महिनाको पहिलो दिन मनाउने गरिन्छ ।


    शनिवार, बैशाख ९ २०८००७:४८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij