Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • शनिवार, बैशाख ९ २०८०

  • 272
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला कोशी  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

    आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। अपराह्न पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको छ।

    आइतबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको  सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    शनिवार, बैशाख ९ २०८००६:३८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij