Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

तराईमा गर्मी अत्याधिक बढ्यो, सरकारद्वारा ‘लू’ को चेतावनी

तराईमा गर्मी अत्याधिक बढ्यो, सरकारद्वारा ‘लू’ को चेतावनी

  • शुक्रवार, बैशाख ८ २०८०

  • 526
    SHARES

  • तराईमा गर्मी अत्याधिक बढ्यो, सरकारद्वारा ‘लू’ को चेतावनी

    काठमाडौं। सरकारले तराईमा अत्यधिक गर्मी बढेसँगै ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचना सार्वजनिक गर्दै तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै ‘लू’ चल्ने सक्ने भएकाले सावधानि अपनाउन आग्रह गर्नुभएको छ।

    मन्त्रालयले तातो हावा वा ‘लू’ बाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कनु परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी प्रशस्त पिउन आग्रह गरेको छ। मन्त्रालयले धेरै पसिना आएमा जीवनजल खान पनि अनुरोध गरेको छ।

    चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयको आग्रह छ।

    तातो हावा वा तथा ‘लू’ लाग्दा हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता लक्षण देखिन्छन्।

    यस्तै, शरीरको तापक्रम १०४ डिग्रीभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ। ‘लू’का लक्षण देखिए तुरुन्त नजिकैको अस्पतालमा जान मन्त्रालयले आग्रह गरेको छ।


    शुक्रवार, बैशाख ८ २०८००४:२२:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij