Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा हुने पाल्पा महोत्सवमा पाल्पाली परिकार चुकाउनी निःशुल्क खुवाइने

काठमाडौंमा हुने पाल्पा महोत्सवमा पाल्पाली परिकार चुकाउनी निःशुल्क खुवाइने

  • शुक्रवार, बैशाख ८ २०८०

  • 604
    SHARES

  • काठमाडौंमा हुने पाल्पा महोत्सवमा पाल्पाली परिकार चुकाउनी निःशुल्क खुवाइने

    काठमाडौँ । पाल्पाली संगमले आगामी शनिबार काठमाडौँमा आयोजना गरेको पाल्पा महोत्सवमा पाल्पाली परिकार चुकाउनी निःशुल्क खुवाउने भएको छ । लुम्बिनी तन्दुरी व्यवसायी संघले महोत्सवमा आएकाहरुलाई स्वागत स्वरुप चुकाउनी चखाउने प्रस्ताव गरेको संगमका अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिनुभयो । 

    दही र आलुबाट बनाईने परिकारलाई पाल्पाली परिकार मानिन्छ । महोत्सवमा पाल्पाली ढाका, करुवा, कफि, बटुक लगायतका पाल्पाली उत्पादन तथा परिकारहरु पनि विक्रि वितरण गरिने उहाँले बताउनुभयो । 

    आगामी वैशाख ९ गते शनिबार राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने महोत्सवको तयारी पुरा भएको काठमाडौमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । 

    महोत्सवमा नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, धिरेन शाक्य लगायतका झण्डै २० पाल्पाली कलाकारहरुको विषेश प्रस्तुती रहने संगमका महासचिव जीवन भण्डारीले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा कौरा, सोरठी, ख्याली र चुट्का नृत्यसहित प्रत्यक्ष दोहोरी कार्यक्रम पनि हुनेछ 

    पाल्पाको विकासका लागि विषयगत सम्वाद, रणनीतिक छलफल, महोत्सव, उत्पादन प्रवद्र्धन, खाना, कला, सँस्कृति प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक क्षेत्रहरुको प्रचार प्रसार तथा मानवीय सहयोग लगायतका कामहरु पाल्पाली संगमको नेतृत्व र सहजीकरणमा हुँदै आएको छ । पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहेका पाल्पालीहरु अनौपचारिक रुपमा वि.स. २०३२ सालदेखि संगठित भएपनि अनौपचारिक रुपमा पाल्पाली संगमको दर्ता २०४८ साल वैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको हो ।

    संगमले स्थापनाकालदेखि देश विदेशमा रहेका पाल्पालीहरुलाई अपनत्व, अविभावकत्व, भावनात्मक र आर्थिक तथा भौतिक सहयोग गर्दै आएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो । संगमले विभिन्न अक्षयकोष मार्फत हरेक बर्ष प्रोत्साहन तथा राहत सहयोग समेत दिने गरेको छ ।
    पाल्पाली संगमले संस्थाको स्थापना दिवसको अवसरमा आयोजना गरेको महोत्सवबाट पाल्पाली कला, सँस्कृति, पुरातत्व, खाना तथा उत्पादनहरुको प्रवद्र्धन हुने विश्वास लिएको छ ।

    महोत्सवस्थलमा पाल्पाका १० वटै स्थानीय तहको फोटो प्रदर्शनी, भिडियो, तथा पुस्तकहरुको प्रदर्शन, विक्रि र वितरण गरिने व्यवस्था मिलाईएको छ । संगमले निल्शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण र रक्तदान कार्यक्रम पनि पाल्पा महोत्सव स्थलमा गर्न लागेको छ ।

    महोत्सवमा पाल्पालीसँगै पाल्पाभन्दा वाहिरि जिल्लाका बासिन्दालाई विषेश आमन्त्रण गरिएको र उनीहरुका लागि बढी रुचीकरण र रमाइलो हुनसक्ने आयोजकहरुको विश्वास छ । “पाल्पालीहरु विच भेटघाटका साथै अन्य जिल्लावासीलाई पाल्पा चिनाउने र पाल्पा पठाउने उद्देश्य पनि महोत्सवले राखेको छ, महासचिव भण्डारीले भने ।

    महोत्सवको उद्घाटन नेपाल सरकारका सँस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट हुने र धेरै विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहने तय भएको छ । एक दिने महोत्सव विहान १० बजेदेखी बेलुकी ७ बजे सम्म चल्ने छ । झण्डै १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सबै तयारी पुरा भएको संगमका अध्यक्ष खत्रीले जानकारी दिनुभयो । 


    शुक्रवार, बैशाख ८ २०८००८:१८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij