Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पर्सी देखि हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछि सारियो

पर्सी देखि हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछि सारियो

  • शुक्रवार, बैशाख ८ २०८०

  • 363
    SHARES

  • पर्सी देखि हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछि सारियो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ ।

    वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले परीक्षा सुरू हुने तालिका वैशाख १६ गतेलाई सारेको हो ।

    वैशाख १० गते तनहुँ(१, चितवन(२ र बारा(२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त दिन बिहान ७ बजेदेखि व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा लिने तालिका थियो ।

    अब यी परीक्षाहरु वैशाख १० गते सञ्चालन नगरी वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ ।

    सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।


    शुक्रवार, बैशाख ८ २०८००७:४३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij