Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

२ करोड ३३ लाख मूल्य बराबरको कोकिनसहित ठमेलबाट दुई जना विदेशी पक्राउ

२ करोड ३३ लाख मूल्य बराबरको कोकिनसहित ठमेलबाट दुई जना विदेशी पक्राउ

  • बिहिवार, बैशाख ७ २०८०

  • 283
    SHARES

  • २ करोड ३३ लाख मूल्य बराबरको कोकिनसहित ठमेलबाट दुई जना विदेशी पक्राउ
    काठमाडौं । प्रहरीले ठमेलबाट कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश घर भएका ५१ वर्षीय रवीन्द्र कुमार परासर र केन्या घर भएकी ३६ वर्षीय पिलिसिला वान्जा दिरितु छन् ।
     
    आरोपीहरूको साथबाट १ केजी ८० ग्राम लागु औषध कोकिन बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सो लागु औषध केन्याकी पिलिसिलाले इथिओपियाबाट काठमाडौँसम्म ल्याइदिएको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।
     
    बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख रुपैयाँ बराबर पर्ने बताइएको छ । आरोपीहरू विरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ बमोजिम जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिनुभयो। पिलिसिलाले लेडिज ब्यागमा फल्स बटन बनाएर सो कोकिन काठमाडौँ सम्म ल्याएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 
     


    बिहिवार, बैशाख ७ २०८००३:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij