Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

हिजो छुटेका बालबालिकालाई आज पनि जुकाको औषधी खुवाइने

हिजो छुटेका बालबालिकालाई आज पनि जुकाको औषधी खुवाइने

  • बिहिवार, बैशाख ७ २०८०

  • 343
    SHARES

  • हिजो छुटेका बालबालिकालाई आज पनि जुकाको औषधी खुवाइने

    काठमाडौं । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । हिजो र आज ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

    यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयको भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाउने लक्ष्य छ । भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रमको लागि देशभरका स्थानीय तह तथा वडाहरुको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।


    बिहिवार, बैशाख ७ २०८०१०:२६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij