Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

  • बुधवार, बैशाख ६ २०८०

  • 1.1K
    SHARES

  • बसको ठक्करबाट एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं । महोत्तरीको गौशाला नगरपालिका १ स्थित बसले मोटरसाइकलमा ठक्कर दिएपछि एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    बुधवार दिउँसो बा ३ ख २३९६ नम्बरको बसले ठक्कर मधेश प्रदेश ०१–००४ प ६८ १९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार श्रीमान– श्रीमती र भतिजीको मृत्यू भएको हो ।

    प्रहरीका अनुसार मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका १० का २६ वर्षीय अमृत मण्डल, उनको श्रीमती २४ वर्षीया अञ्जु मण्डल र उनकै भतिजी ६ वर्षीया अन्सु मण्डलको मृत्यु भएको छ ।

    मोटरसाइकलमा उनीहरू सम्सीबाट जनकपुरधाम आउँदै गर्दा बसले ठक्कर दिएको हो । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् ।


    बुधवार, बैशाख ६ २०८००५:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij