Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बाघको आक्रमणबाट हेटौंडामा २ जना गम्भिर

बाघको आक्रमणबाट हेटौंडामा २ जना गम्भिर

  • बुधवार, बैशाख ६ २०८०

  • 410
    SHARES

  • बाघको आक्रमणबाट हेटौंडामा २ जना गम्भिर

    काठमाडौं। हेटौंडामा बाघको आक्रमणबाट २ जना घाइते भएका छन्। आज बिहान हेटौंडा–१५ रातोमाटे सयफुटस्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको मकवानपुर प्रहरीले जनाएको छ।

    घरबाट करिव २०० मिटर टाढाको जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्ण बर्थिङलाई बाघले आक्रमण गरेको हो।

    घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा बाघले टोकेको छ भने बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ।

    घाइते दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार घाइते घलानको स्वास्थ्य अवस्था मध्यम छ भने थिङको अवस्था गम्भिर रहेको छ ।


    बुधवार, बैशाख ६ २०८००१:२८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij