Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वाम-लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहानाको छैठौं स्मृति दिवस मनाइँदै

वाम-लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहानाको छैठौं स्मृति दिवस मनाइँदै

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.3K
    SHARES

  • वाम-लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहानाको छैठौं स्मृति दिवस मनाइँदै

    काठमाडौं । नेपालको वाम-लोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व स्वर्गीय सहाना प्रधानको आज छैठौं स्मृति दिवस । प्राय विवेक शून्य तत्कालिन समाजलाई व्यूँझाउन चेतनाको बिगुल फुकेकी सहाना नेपाली समाजको कहिल्यै ननिभ्ने आलोकका रुपमा परिचित छन् ।

    जीवनका झण्डै सात दशक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाई गरेकी प्रधान नेपालको वाम-प्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन, राष्ट्रियताको आन्दोलन र समाज परिवर्तनको आन्दोलनमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने बहुआयामिक व्यक्तित्व हुन् ।

    विक्रम संवत १९८४ साल असार २७ गते काठमाडौँको असनमा जन्मिएकी सहाना आमा रम्भादेवी प्रधान र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तान हुन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठकी जीवनसंगिनी उनका छोरी उषा र छोरा उमेश श्रेष्ठ छन् ।

     

    119751946_422848088692801_5009532138321442147_n.jpg

    सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रमकुमारी झाँक्रीले स्वर्गीय प्रधानको सम्झना र उनले देखाएको मुक्तिको बाटोमा हिँड्दै गरेको सहाना प्रधान प्रतिष्ठानले आज बेलुकी ४ बजे एक कार्यक्रमको आयोजना गरेको जानकारी दिइन् ।

    ‘नेपालको कम्युनिस्ट आन्दोलन र नेकपाको अबको बाटो’ विषयक उक्त भर्चुअल कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य, सहाना प्रधान प्रतिष्ठानका संरक्षक तथा सहानाका छोरा उमेशलाल श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्री वक्ता रहेको महासचिव कला राईले बताइन् ।

    नेपाली महिला आन्दोलन र राजनीतिमा एक्सन् ओरिएंटेट् आइरन् लेडी मानिने सहानाको २०७१ साल असोज ६ निधन भएको थियो ।


    मंगलवार, आश्विन ६ २०७७०२:४९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij