Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आगोमा जलेर गुल्मीमा एक वृद्धको मृत्यु

आगोमा जलेर गुल्मीमा एक वृद्धको मृत्यु

  • शनिवार, बैशाख २ २०८०

  • 269
    SHARES

  • आगोमा जलेर गुल्मीमा एक वृद्धको मृत्यु

    काठमाडौं। गुल्मीमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ। सत्यवती गाउँपालिका ४ लिम्घा निवासी ७५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको हो ।

    घाँस काट्ने क्रममा खरेनमा लागेको आगोमा परी घाइते भएको अवस्थामा शाहीलाई स्थानीयले फेला पारेका थिए। उपचारको लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

    घटनास्थलमा इलाका प्रहरी रिडी र प्रहरी चौकी जोहाङ्गबाट प्रहरीको टोली पुगेको थियो। प्रहरीले घटना स्थलको मुचुल्क उठाएर शवलाई पोष्ट मार्टमको लागि श्रृङ्गा स्वास्थ्य चौकीमा पुराएको छ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खरबारीमा लागेको आगो स्थानीय र प्रहरीले नियन्त्रण लिएको छ।


    शनिवार, बैशाख २ २०८००२:३७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij