Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

वर्षमान पुनकी आमा बस्ने घरमा गोली चल्यो, एकजना पक्राउ

वर्षमान पुनकी आमा बस्ने घरमा गोली चल्यो, एकजना पक्राउ

  • शनिवार, बैशाख २ २०८०

  • 334
    SHARES

  • वर्षमान पुनकी आमा बस्ने घरमा गोली चल्यो, एकजना पक्राउ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली पुन बस्ने काठमाडौंको गैरीधारामा रहेको घरमा शुक्रबार राति गोली चलेको छ ।

    तीर्थमालीको घरमा बसेको भीआईपी सुरक्षामा खटिएका प्रहरीका पीएसओले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा नेता वर्षमानकी आमा घाइते हुनुभएको हो । उहाँको देब्रे खुट्टामा गोली लागेको छ । उहाँको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

    गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । पुन नातामा तीर्थमायाको नजिक नाति पनि पर्छन् । शुक्रबार राती भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    ‘असावधानीवश’ गोली पड्केको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । नयाँ वर्ष मनाउने भन्दै प्रकाश शुक्रबार राति गैरीधारामा रहेको तीर्थमाया बस्ने घरमा गएका थिए । तीर्थमाया छोराहरु डेभिड पुन र प्रनिश पुनसँग बस्नुभएको थियो ।

    डेभिड र प्रनिश नेता वर्षमानका भाइ हुन् । केही समय अघि प्रकाश पनि त्यही घरमा बस्दै आएका थिए । तर अहिले प्रकाश छुट्टै कोठा लिएर बस्ने गरेको प्रहरीले बताएको छ ।


    शनिवार, बैशाख २ २०८०१०:५६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij