Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

  • शनिवार, बैशाख २ २०८०

  • 1.0K
    SHARES

  • शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

    काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

    जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।


    शनिवार, बैशाख २ २०८००८:२८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij