Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सोलुखुम्बुमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

सोलुखुम्बुमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

  • मंगलवार, आश्विन ६ २०७७

  • 1.2K
    SHARES

  • सोलुखुम्बुमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

    सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ ।

    आज बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हुनुभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिनुभयो ।

    प्रहरीका अनुसार आज बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते हुनुभएको तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।

    स्थानीय तहको निर्वाचनमा उहाँ तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो ।

    उहाँ लेखापढी व्यवसायी सङ्घ सोलुखुम्बुको अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँको श्रीमती र तीन छोराछोरी रहेका छन् ।


    मंगलवार, आश्विन ६ २०७७०१:५०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij