काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा फेरी पनि दुई वटा एकसिंगे गैँडा मृतावस्थामा फेला परेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा एक पोथी गैँडा मृतावस्थामा फेला परेको छ।
अन्दाजी उमेर ७ महिनाको उक्त गैँडाको खाग नपलाएको र भाले गैँडाको आक्रमणका कारण मृत्यु भएको हुनसक्ने निकुञ्ज प्रशासनले जनाएको छ। यसैगरी निकुञ्जकै माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पनि एक भाले गैडा फेला मृतावस्थामा फेला परेको छ।
महिना उमेरको गैँडाको खाग नपलाएको र मृत्यु बाघको आक्रमणबाट भएको निकुञ्ज प्रशासनले जनाएको छ।योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आवमा मृत्यु हुने गैँडाको संख्या १६ वटा पुगेको छ ।