Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सगरमाथामा तीन आरोही बेपत्ता, खोजी कार्य जारी

सगरमाथामा तीन आरोही बेपत्ता, खोजी कार्य जारी

  • बुधवार, चैत्र २९ २०७९

  • 356
    SHARES

  • सगरमाथामा तीन आरोही बेपत्ता, खोजी कार्य जारी

    काठमाडौं। सगरमाथामा बाटो बनाउने काममा खटिएका तीन शेर्पा आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार उनीहरु आज बिहान साढे ९ बजेदेखि हराइरहेका छन् ।

    हराइरहेका आरोहीमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा रहेका छन्। उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएका छन्। अहिले सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको छ ।

    उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । अहिले सगरमाथा आरोहणलाई सहज बनाउन बाटो बनाउने काम जारी थियो। सोही काममा खटिएका आरोहीहरु बेपत्ता भएका हुन् ।


    बुधवार, चैत्र २९ २०७९०३:०८:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij