काठमाडौं। चितनवको टाइगर ल्याण्ड रिसोर्टमा आगलागी भएको छ। जगतपुरमा रहेको रिसोर्टमा आज(बुधबार) दिउँसो आगलागी भएको हो ।
केहिबेर अगाडीदेखि लागेको आगो अझै नियन्त्रणमा आउनन सकेको छैन। आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो।
के कति कारणले आगालागी भयो भन्ने खुल्न बाँकी रहेको कार्किले बताउनुभयो।