Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

२० हजार डलरसहित दुई जना पक्राउ

२० हजार डलरसहित दुई जना पक्राउ

  • मंगलवार, चैत्र २८ २०७९

  • 318
    SHARES

  • २० हजार डलरसहित दुई जना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० हजार अमेरिकी डलरसहित दुई जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोफिजुल इस्लाम र देवसिस कुमार साह रहेका छन्।

    उनीहरू विमान बंगलादेश ३७२ उडानबाट बंगलादेशको राजधानी ढाका जान लागेका थिए। अन्तिम सुरक्षा जाँचका क्रममा आज बिहान उनीहरूलाई पक्राउ गरिएको एसएसपी लालमणि आचार्यले बताउनुभयो।

    प्रारम्भिक बयानका क्रममा उनीहरूले उक्त रकमको स्रोतको बारेमा केही बताउन नसकेको प्रहरीको भनाइ छ।उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको छ।


    मंगलवार, चैत्र २८ २०७९०४:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij