काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो ।
गयराति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए ।
घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो ।