काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टि–ट्वान्टी क्रिकेटमा आज आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हैदराबाद र बैंगलोर आफ्नो पहिलो खेलका लागि मैदान उत्रिेका छन् । हैदराबाद र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु भएको छ ।
हैदराबाद डेभिड वार्नरको कप्तानीमा तथा बैंगलोर विराट कोहलीको कप्तानीमा मैदान उत्रेका छन् ।
यसैबीच, हैदारावादले टस हारेर बैंगलोरलाई व्याटिङको निम्तो दिएको छ ।