Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सिक्किममा आएको हिउँ पहिरोमा परी ३ नेपालीसहित सात जना पर्यटकको मृत्यु

सिक्किममा आएको हिउँ पहिरोमा परी ३ नेपालीसहित सात जना पर्यटकको मृत्यु

  • बुधवार, चैत्र २२ २०७९

  • 362
    SHARES

  • सिक्किममा आएको हिउँ पहिरोमा परी ३ नेपालीसहित सात जना पर्यटकको मृत्यु

    एजेन्सी । भारतीय राज्य सिक्किमको पर्यटकीय क्षेत्र नाथुला भञ्ज्याङमा आएको हिउँ पहिरोमा परी ३ नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ ।

    हिउँ पहिरोमा परी कैयौं पर्यटक घाइते भएका छन् भने सयौं जना फसेका छन् । पहिरोमा आधा दर्जन बढी सवारी साधनहरु पुरिएको र नाथुला भन्ज्याङलाई सिक्किमको राजधानी गान्तोकसँग जोड्ने जवाहरलाल नेहरु राजमार्ग अवरुद्ध भएको छ ।

    हिउँ पहिरोमा फसेका कम्तिमा दुई दर्जन पर्यटकलाई सेनाले उद्धार गरेको छ । तर, अहिले पनि ८० वटा सवारी साधन र ती सवारी साधनमा रहेका साढे तीन सय बढी पर्यटक हिउँमा फसेको सिक्किम सरकारले जनाएको छ ।

    खराब मौसमका कारण नाथुलामा जान रोक लगाईएको भए पनि पर्यटकहरुले टुर गाइडहरुलाई जबर्जस्ती त्यहाँ लगेको पनि सिक्किम सरकारको भनाइ छ ।

    भारतीय सेनाले मंगलबार साँझ परेपछि रोकेको उद्धार कार्य बुधबार पुनः सुरु गर्ने बताएको छ ।

     


    बुधवार, चैत्र २२ २०७९०८:१३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij