Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

शेषमती पुलदेखि सानो पुल सम्मको सडकमा कालोपत्रे गरिँदै

शेषमती पुलदेखि सानो पुल सम्मको सडकमा कालोपत्रे गरिँदै

  • आइतवार, आषाढ २१ २०७७

  • 1.2K
    SHARES

  • शेषमती पुलदेखि सानो पुल सम्मको सडकमा  कालोपत्रे गरिँदै

    काठमाडौँको तारकेश्वर नगरपालिका अन्तर्गत शेषमती पुलदेखि सानो पुल सम्मको सडक विस्तार गरी कालोपत्रे गरिएको छ । यो सडकलाई नगरपालिकाले नमुना सडकका रूपमा लिएको छ ।

    तारकेश्वर नगरपालिकाका इन्जिनियर मिलन अर्यालले त्यस क्षेत्रको ४१७ मिटरमध्ये ३२० मिटर लामो सडक तोकिएको मापदण्ड अनुसार ५० एमएमको कालोपत्रे गरिएको जानकारी दिनुभयो । उहाँले बाँकी सडक पनि यसैसाता कालोपत्रे गरिसक्ने योजना रहेको बताउनुभयो ।

    एक करोड १० लाख रुपियाँको लागतमा सडक कालोपत्रे गरिएको जनाइएको छ । उहाँले सोही बाटो हुँदै तारकेश्वर नगरपालिका अन्तर्गतकै पैँयुटार र लोलाङ जाने सडक पिच गर्ने काम सुरु भएको र मङ्सिरमा सम्पन्न हुने जानकारी दिनुभयो ।  


    आइतवार, आषाढ २१ २०७७११:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij