Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना जोखिम फेरी बढ्यो : संक्रमण देखिनासाथ आइसोलेसनमा बस्न सरकारको आग्रह

नेपालमा कोरोना जोखिम फेरी बढ्यो : संक्रमण देखिनासाथ आइसोलेसनमा बस्न सरकारको आग्रह

  • मंगलवार, चैत्र २१ २०७९

  • 413
    SHARES

  • नेपालमा कोरोना जोखिम फेरी बढ्यो : संक्रमण देखिनासाथ आइसोलेसनमा बस्न सरकारको आग्रह

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै कोरोनाभाइरस संक्रमणको लक्षण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो।

    मन्त्रालयले हरेक रुघाखोकी र ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ समेत हुने सक्ने भएकाले सतर्कता अपनाउन भनेको छ। नेपालमा पहिलोपटक कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी. १.१६ देखापरेको छ। अहिले छिमेकी मुलुक भारतमा पनि सोही नयाँ भेरियन्टका कारणले संक्रमण बढिरहेको छ।

    मन्त्रालयले संक्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन तथा जनस्वास्थ्यका मापदण्ड अपनाउन र खोप लगाउन सबैलाई आग्रह गरिएको छ। शून्यमा झरेको कोरोनाभाइरसको संक्रमण अहिले बढिरहेको छ।

     


    मंगलवार, चैत्र २१ २०७९०२:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij