काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल अन्तर्गतको कलाकार कल्याणकारी कोषको छैठौं अधिवेशन सम्पन्न भएको छ। केहिसमय अगाडि धादिङ्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति चयन गरिएको थियो भने आज कल्याणकारी कोषको पनि अधिवेशन गरि नयाँ कार्यसमिति चयन गरिएको हो ।

आज पोखरामा सम्पन्न अधिवेशनबाट १७ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन समेत भएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा पुरुषोत्तम न्यौपाने, उपाध्यक्षमा चन्द्रप्रसाद शर्मा, सचिवमा हरिप्रसाद शर्मा कोषध्यक्षमा पुरुषोत्तम थापा रहनुभएको छ। कलाकार कल्याणकारी कोषमा हाल १ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
पुरानो काेषमा रहेकाे रू १ करोड १३ लाख र रमेश विजि नेतृत्वको निवर्तमान कार्यसमितिले कोभिड महामारीको बिसम परिस्थीतिमा पनि ३७ लाख थपेर कोषको रकम १ करोड ५० लाख पुराएको हो । तत्कालिन प्रतिष्ठान अध्यक्ष दुर्गा रायमाझि कार्यकालमा ५ विकास क्षेत्रमा आयोजित लोक दोहोरी गित प्रतियोगिताबाट संकलित रकमलाई कोष खडा गर्ने परिकल्पनामा कल्याणकारी कोष सुरुवात गरिएको हो ।
कोषले स्थापनाको उदेश्यअनुसार नै विगतदेखि नै प्रतिष्ठानमा आवद्ध कलाकारहरुलाई भैपरि आउने समस्यामा सहयोग समेत गर्दै आएको छ भने कलाकारको हकहितका क्षेत्रमा पनि खर्च गर्ने गरेको छ । कोषको नेतृत्व सुरुमा नारायण रायमाझी, दुर्गा रायमाझी , प्रजापति पराजुली हुदै अहिले न्यौपानेको नेतृत्वसम्म आईपुगेको छ ।