काठमाडौं । नेपाली रेडियो नेटवर्क (एनआरएन) कर्मी गोमा परियार ‘क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९’ बाट पुरस्कृत हुनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा हिजो शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा पत्रकार परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट पुरस्कार प्रदान गरिएको हो ।

पत्रकार परियार बिगत एक दशकदेखि पत्रकारिताक्षेत्रमा क्रियाशिल हुनुहुन्छ । बाँकेबाट पत्रकारिता सुरु गर्नुभएकी परियार हाल काठमाडौंमा अवस्थित नेपाली रेडियो नेटवर्कको समाचार शाखामा समाचार सम्पादन तथा वाचकको रुपमा कार्यरत हुनुहुन्छ ।
रिपोर्टर्स क्लब नेपालले हिजो राजधानीमा विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ।