Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आज यी स्थानमा वर्षाको सम्भावना

आज यी स्थानमा वर्षाको सम्भावना

  • शनिवार, चैत्र १८ २०७९

  • 493
    SHARES

  • आज यी स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ 

    आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ  चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रा आइतबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


    शनिवार, चैत्र १८ २०७९०६:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij