Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बारामा एसईईको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित

बारामा एसईईको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित

  • शुक्रवार, चैत्र १७ २०७९

  • 427
    SHARES

  • बारामा एसईईको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित
    काठमाडौं । बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित ४ जना निलम्बित भएका छन् ।  जिल्लाको  आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्ष सहित ४ जनालाई निलम्बन गरिएको हो ।
     
    प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा, श्याम किशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थी पवन साहको भने आजको परीक्षा मात्रै रद्द गरिएको छ ।
     
    जिल्ला अनुसन्धान कार्यालय बाराका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंहले  परीक्षा केन्द्रका खटिएका केन्द्रध्याक्षसहित कर्मचारीलाई निलम्बन गरिएको बताउनुभयो । भोलिदेखि सो परीक्षाकेन्द्रमा नयाँ केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष र परीक्षा निरीक्षकहरू खटिने उप–अनुसन्धान निर्देशक सिंहको भनाई छ ।
     
    एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र बाहिर ल्याउने काममा संलग्न विद्यार्थी पवन साहको आजको परीक्षा रद्द भएपनि भोलिको परीक्षामा सहभागी हुन दिने निर्णयमा उल्लेख छ । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख श्यामकिशोरप्रसाद यादवले विद्यार्थीबाट गल्ती स्वीकार भएकाले भविष्य बिग्रन नदिन आजको परीक्षा रद्द भएपनि भोलिको परीक्षामा सहभागी हुन दिने बताउनुभएको छ ।
     


    शुक्रवार, चैत्र १७ २०७९०२:३७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij