Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

देशभर एसईई सुरू

देशभर एसईई सुरू

  • शुक्रवार, चैत्र १७ २०७९

  • 290
    SHARES

  • देशभर एसईई सुरू

    काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई सुरू भएको हो ।

    यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन् । यस वर्षको एसईई परीक्षामा सहभागि हुन देशभरका ५ लाख १६ हजार ५ सय ९१ जनाले कक्षा १० को रजिष्ट्रेशन फारम भरेका छन् ।

    पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा परीक्षा चलिरहेको छ । शुक्रबार नै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको पनि परीक्षा चलिरहेको छ ।

    काठमाडौं उपत्यकासहित देशभर नै एसईई परीक्षा केन्द्रीत सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका विभिन्न विद्यालयहरुमा एसईई परीक्षालाई मध्यनजर गरेर परीक्षा केन्द्र तोकिएको छ ।

    ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् ।

    ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदैछन् । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

    परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ ।


    शुक्रवार, चैत्र १७ २०७९०९:१९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij