काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडितहरु धमाधम विरामी परेका छन्। महोत्तरीदेखि ११ दिनदेखि पैदल यात्रा गरेर केहि दिन अगाडी काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए। बिरामीहरुमध्ये मध्येका चार जना अस्पताल नै भर्ना भएका छन् ।
उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविरमै आएर जाँच गरेका थिए। जसमध्ये ९ जना थप स्वास्थ्य परीक्षणका लागि अस्पताल रिफर भएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकार दिनुभयो ।
‘अस्पताल गएका ९ मध्ये ५ जना फर्कनुभयो’ उनले भने, ‘बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको छ।’ दाहालकाअनुसार उनीहरुलाई चिसो लागेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको प्रारम्भिक परीक्षणमा देखिएको छ ।