Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्षको निधन

सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्षको निधन

  • सोमवार, आश्विन ५ २०७७

  • 901
    SHARES

  • सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्षको निधन

    सप्तरी । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापाको सोमबार निधन भएको छ । एक्कासी गम्भीर बिरामी परेका थापालाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

    दुई साताअघि पेट र हातखुट्टा सुन्निन थालेपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ्ग होममा भर्ना गरी ९ दिनसम्म उपचार गरिएको थियो । अस्पतालले औषधि दिएर घरमै आराम गर्न भन्दै तीन दिनअघि मात्रै डिस्जार्च गरेपछि उनी घरमै बस्दै आएका थिए ।

    सोमबार औषधि खाने क्रममा एक्कासी श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि विरटानगरतर्फ लग्ने क्रममा कोशी कटान नजिक जाँदा एक्कासी मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए ।

    मृत्यु भएका वडाध्यक्षको शवलाई घर ल्याइएपछि अन्त्येष्टिको तयारी गरिएको अध्यक्ष यादवले बताए । नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित थापा पछिल्लो केही दिन मानसिक तनावमा समेत परेका थिए ।

    उनले निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै जिल्ला अदालतले घर निर्माणमा रोक लगाउने आदेश दिएको थियो । उनी त्यहीं बेलादेखि नै मानसिक तनावमा देखिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।


    सोमवार, आश्विन ५ २०७७०४:०२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij