Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अनलाइनमार्फत ठगी गर्ने  १९ जना पक्राउ

अनलाइनमार्फत ठगी गर्ने  १९ जना पक्राउ

  • बुधवार, चैत्र १५ २०७९

  • 241
    SHARES

  • अनलाइनमार्फत ठगी गर्ने  १९ जना पक्राउ
    काठमाडौं । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
     
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार(आज) सार्वजनिक गरेको हो ।
     
    राजधानीमा अवैध रुपमा अफिस सञ्चालन गर्दै ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरी उनीहरूले  टेलिग्राम मा अपरेशन टिचर नामक च्यानलमार्फत कक्षा सञ्चालन गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।  कार्यालयका अनुसार पक्राउ पर्नेमा ९ चिनियाँ र १० नेपाली रहेका छन् । उनीहरूलाई बुढानीलकण्ड र चण्डोल क्षेत्रबाट पक्राउ गरिएको हो ।


    बुधवार, चैत्र १५ २०७९०३:५४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij