Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ जना घाइते

बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ जना घाइते

  • सोमवार, आश्विन ५ २०७७

  • 1.0K
    SHARES

  • बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु, ३ जना घाइते

    काठमाडौं । बझाङमा डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा बुङ्गल नगरपालिका-१ भिरगडा बस्ने २८ वर्षीय मानबहादुर बोहरा रहेका छन् ।

    बुङगल नगरपालिका–१ तल्लोदहमा लु.१ क १२७८ नम्बरको डोजर आइतबार राति सडकबाट करिब ५० मिटर तल खस्दा बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दहबगरस्थित सडकमा फसेको ग.३ च १५६१ नम्बरको जिप निकालेर ऐसेलुबगर जाने क्रममा सडकबाट डोजर खस्दा वडा ९ देउलीकोट बस्ने २४ वर्षीय महेश खडायत लगायत ३ जना घाइते भएका छन् ।

    घाइतेलाई उपचारको लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


    सोमवार, आश्विन ५ २०७७०३:३१:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij