Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

  • मंगलवार, चैत्र १४ २०७९

  • 478
    SHARES

  • विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १७ राउण्ड हवाई फायर, २० भन्दा बढी घाइते

    काठमाडौं । पहिचान पक्षधर समूहले कोशी प्रदेशको नामकरणविरुद्ध विराटनगरमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि २० भन्दा बढी घाइते भएका छन्।

    पहिचानको पक्षमा वकालत गर्दै आएका विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शनलाई प्रहरीले नियन्त्रणमा लिनका लागि अश्रुग्याँस र लाठीचार्ज गरेको छ। प्रदर्शनकारीहरूले पनि प्रहरीतर्फ ढुंगा हानेका छन्।

    झडपमा प्रहरी र आन्दोलनकारी दुवै तर्फ गरी २० भन्दा बढी घाइते भएका हुन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।

    प्रदेशको नाम कोशी राखेको विषयमा विराटनगरमा पछिल्लो केही समययता पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका छन्। ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ।

    मंगलबार प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयतर्फ जाँदै गर्दा प्रहरीले लखेटेको थियो। त्यस क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो।

    मुख्यमन्त्री कार्यालय नजिकै रहेको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेश सभा सदस्यहरूलाई दबाब दिन आएका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि झडपको स्थिति आएको हो।


    मंगलवार, चैत्र १४ २०७९०४:३१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij