Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, कानुनको मस्यौदा बनाउन निर्देशन

मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, कानुनको मस्यौदा बनाउन निर्देशन

  • मंगलवार, चैत्र १४ २०७९

  • 359
    SHARES

  • मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, कानुनको मस्यौदा बनाउन निर्देशन

    काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गर्नुभएको हो ।

    समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहनु भएको छ ।

    चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो।

    न्याय माग्दै महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर मिटरब्याज पीडितहरु काठमाडौं आएका छन् । उनीहरु आज बिहान प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै प्रहरीले टंगालमा रोकेको थियो ।

    त्यहाँ गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले पीडितहरुलाई भेटेर आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको थियो । पीडितका प्रतिनिधिहरुले भने आफूहरुलाई प्रधानमन्त्रीसँग भेटाइदिन आग्रह गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री प्रचण्डले पीडितहरुलाई भेट्ने तयारी गर्नुभएको छ।

    प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन पनि निर्देशन दिनुभएको छ ।


    मंगलवार, चैत्र १४ २०७९१२:१९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij