Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • मंगलवार, चैत्र १४ २०७९

  • 217
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा मौसम प्रचिकूल देखिएको छ ।

    देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    बुधबार पनि देशका पहाडी भू-भागमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


    मंगलवार, चैत्र १४ २०७९०६:४५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij