Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बाँकेका अन्सारी ब्राउन सुगरसहित पक्राउ

बाँकेका अन्सारी ब्राउन सुगरसहित पक्राउ

  • सोमवार, आश्विन ५ २०७७

  • 1.2K
    SHARES

  • बाँकेका अन्सारी ब्राउन सुगरसहित पक्राउ

     बाँके । बाँकेका एक व्यक्ति दाङको अमिलियाबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ भट्टी टोल निवासी ३५ वर्षीय महिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

    विगत तीन चार वर्षयताकै ठुलो परिमाणमा ब्राउन सुगर बरामद गरेको एसपी चन्दको दाबी छ ।  विशेष सूचनाका आधारमा नेपालगञ्ज पुगेको जिल्लाको प्रहरी टोलीले त्यहाबाट बार्गेनिङ गर्दै अमिलिया ल्याएर ब्राउनसुगरसहित उनलाइ समातेको हो ।

    जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक राजनकुमार गौतमको नेतृत्वमा गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    यसअघि बाँके प्रहरीबाट खटिएको टोलीले पनि दाङको घोराहीबाट १० किलो अफिमसहित एक ब्यक्तिलाई पक्राउ गरेको थियो ।. उनी लमही नगरपालिका वडा नं. ९ को अमिलियावाट ३२५ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी सुमित खड्काले बताए । 


    सोमवार, आश्विन ५ २०७७०३:०४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij