Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मिटर ब्याजपीडितका समस्या समाधान हुन्छन् तर केही समय धैर्य गर्नुपर्छः गृह प्रवक्ता वस्नेत

मिटर ब्याजपीडितका समस्या समाधान हुन्छन् तर केही समय धैर्य गर्नुपर्छः गृह प्रवक्ता वस्नेत

  • सोमवार, चैत्र १३ २०७९

  • 304
    SHARES

  • मिटर ब्याजपीडितका समस्या समाधान हुन्छन् तर केही समय धैर्य गर्नुपर्छः गृह प्रवक्ता वस्नेत

    काठमाडौं।गृहमन्त्रालयले मिटर ब्याजपीडितका समस्या समाधानमा सरकार संवेदनशिल रहेको बताएको छ।गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले मिटरब्याज पीडितको समस्यामा सरकार संवेदनशील रहेको जानकारी दिनुभएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै प्रवक्ता बस्नेतले पीडितसँग हिजो पनि छलफल गरेको र जतिसक्दो छिटो समस्या समाधान गर्नुपर्नेमा सकारात्मक रहेकोले पीडितले केही समय भने धैर्य गर्नुपर्ने बताउनुभयो।

    प्रवक्ता बस्नेतले भन्नुभयो, ‘मिटरब्याज पीडितसँग हामीले हिजो छलफल गरेका छौं। उहाँहरुले मिटरब्याज पीडितको उजुरीलाई छिटो फर्स्यौट गर्नुपर्‍यो, कानुनी झन्झट पन्छाएर छिटो न्याय गर्नुपर्‍यो भन्नुभयो। हामीले सरकार यसमा संवेदनशील भएर लागिरहेको र कानुन परिमार्जनका लागि मस्यौदा भइरहेकाले केही समय कुर्नैपर्ने बतायौं,’

    बस्नेतका अनुसार मिटरब्याज पीडितबारे गठित छानबिन समितिको प्रतिवेदन अनुसार प्रत्येक जिल्लाका निवेदन फर्स्यौट हुने क्रममा छन् भने कतिपय अदालती प्रक्रियामा छन्। ३५ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ताकेता गर्दै उजुरी फर्स्यौटमा तीव्रता दिन र पीडकलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ ।

    बस्नेतका अनुसार अहिलेसम्म ३,३५१ वटा उजुरी संकलन भएको छ। त्यसमा प्रमुख जिल्ला अधिकारीहरुले ३४६ वटा उजुरी फर्स्यौट भएको छ भने ७७४ वटा निवेदन फास्टट्रयाकमा राखेर हेरिएको छ। अदालतमा ५२५ वटा निवेदन पुगेका छन् भने प्रहरी महाशाखामा ५० वटा छन् ।

    कतिपय उजुरी जटिल समेत रहेका उहाँको भनाई छ। यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो दिएको उहाँले बताउनुभयो ।


    सोमवार, चैत्र १३ २०७९१०:४५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij