Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धरानमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

धरानमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

  • सोमवार, आश्विन ५ २०७७

  • 696
    SHARES

  • धरानमा थप २ कोरोना संक्रमित महिलाको मृत्यु

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् । 

    प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा कुनै दीर्घरोग भएको जानकारी नभएको अस्पतालले जनाएको छ । 

    यस्तै  सुनसरीको इनरुवाकी ४९ वर्षीय महिलाको पनि सोमबार दिउँसो मृत्यु भएको छ । मिगौलाको समस्या भइ डायलाइसीस गराइरहेकी उनमा असोज १ गते कोरोना पुष्टि भएको थियो । हालसम्म प्रतिष्ठानको कोभिड अस्पतालमा ३० जनाको मृत्यु भइसकेको छ । 


    सोमवार, आश्विन ५ २०७७०२:५५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij