Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

‘प्रधानमन्त्री प्रचण्डसँगै वार्ता गर्छौं,समस्या सम्बोधन नभएसम्म फर्किदैंनौ’: मिटरब्याज पीडित

‘प्रधानमन्त्री प्रचण्डसँगै वार्ता गर्छौं,समस्या सम्बोधन नभएसम्म फर्किदैंनौ’: मिटरब्याज पीडित

  • सोमवार, चैत्र १३ २०७९

  • 265
    SHARES

  • ‘प्रधानमन्त्री प्रचण्डसँगै वार्ता गर्छौं,समस्या सम्बोधन नभएसम्म फर्किदैंनौ’: मिटरब्याज पीडित

    काठमाडौं।
    मिटरब्याज पीडितहरुले समस्या समाधान नभएसम्म नफर्किने बताएका छन् । महोत्तरीको बर्दिवासबाट ११ दिन पैदल हिडेर हिजो काठमाडौं आईपुगेका पिडितहरुले आजदेखि माईतिघर मण्डलामै धर्ना दिने र समस्या सम्बोधन नभएसम्म नफर्किने बताएका हुन् ।

    मिटर ब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले आफूहरु सीधै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्ने पक्षमा रहेको र प्रधानमन्त्रीबाटै समस्या सम्बोधन हुनुपर्ने पक्षमा रहेको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्क कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पासवानले विगतमा जस्तो आश्वाशका आधारमा यसपटक आन्दोलन स्थगित नगर्ने र कुनै पनि मौखिक सहमतिसमेत नमान्ने उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘हामी चैत २ गतेदेखि ११ दिन हिँडेर हिजो दिउँसो तीन बजे काठमाडौंको मातातीर्थमा आइपुग्यौं। साँझतिर गृहमन्त्रालयबाट फोन आयो। हाम्रो के कस्तो अवस्था छ भनेर बुझ्न भनेर आउनुभएको थियो। उहाँहरुले संघर्ष स्थगित गर्नुपर्छ भन्नुभयो। हामीलाई उहाँहरुको कुरामा विश्वास लागेन, यो समस्या आजको होइन। हामीले सुदखोरविरुद्ध एक वर्षदेखि जिल्लाजिल्ला गाउँगाउँमा अभियान चलायौं। ६ महिनाअघि भएको पाँच बुँदे सम्झौता अझै लागू भएको छैन। हामी अब सीधै प्रधानमन्त्रीसँग मात्र कुरा गर्छौं।’

    यस्तै पासवानले थप्नुभयो,‘हाम्रो घरजग्गा फिर्ता हुनुपर्यो। मिटरब्याजीको तमसुक रद्द हुनुपर्यो। अब हामीलाई मुखले भनेर मात्र हुँदैन। स्थानीय जनप्रतिनिधिबाट काम हुँदैन भनेर हामीले त्यतिबेलै भनेका थियौं। पालिकाको मेयर नै सुदखोर छ,अनि पीडितलाई कसरी न्याय दिन्छ ?’

    पासवानले अदालतले मिटरब्याजीको कागजलाई प्रमाण ठानेर फैसला गरेको आरोप पनि लगाउनुभयो । यस्तै आज दिनभरि काठमाडौंमा मिटरब्याजपीडितले पैदल मार्च गर्ने पनि उहाँले बताउनु भएको छ ।


    सोमवार, चैत्र १३ २०७९१०:३३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij