Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडितले आजबाट माइतीघरमा धर्ना थाल्दै

मिटरब्याज पीडितले आजबाट माइतीघरमा धर्ना थाल्दै

  • सोमवार, चैत्र १३ २०७९

  • 260
    SHARES

  • मिटरब्याज पीडितले आजबाट माइतीघरमा धर्ना थाल्दै

    काठमाडौं। मिटरब्याज पीडितहरुले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिने भएका छन्। महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर ११ औँ दिनमा हिजो काठमाण्डौ आएर मातातिर्थमा बसेका ७२ जना पीडितहरुले आजबाट माईतिघर मण्डलामै आएर धर्ना दिने तयारी गरेका हुन् ।

    आफ्नो समस्या सरकारलाई सुनाउनको लागि यसअघि गत जेठ अन्तिममा पनि देशभरबाट आएर धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए।

    तर सरकारले माग सम्बोधन नगरेपछि उनीहरु फेरी यतिबेला हिँडेरै महोत्तरीबाट काठमाण्डौ आईपुगेका हुन् ।जेठ र साउन गरी दुई चरणमा ६१ दिन धर्ना बसेपछि सरकारले असोज १ गते सम्झौता गरेको थियो ।

    गृह मन्त्रालयले गरेको सम्झौतामा मिटरब्याजी सुदखोरहरूले धनसम्पत्ति लिन गरेका लिखित वा मौखिक धम्कीबाट किसानलाई मुक्त गर्ने, सुदखोरहरूको सम्पत्ति छानबिन गर्ने, मानसिक प्रताडना तथा हिंसाको कारण ज्यान गुमाएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउने उल्लेख थियो।

    त्यस्तै साँवाब्याज चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गर्नेलगायत सहमति भएको थियो । सम्झौता अनुसार सरकारले काम नगरेको पीडितहरुको गुनासो छ ।


    सोमवार, चैत्र १३ २०७९१०:१७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij