काठमाडौं। नवलपुरमा बेवारिसे अबस्थामा बम फेला परेको छ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.५ सर्दिस्थीत तालदेवी सामुदायिक वन भित्र बारीमा बेवारिसे अबस्थामा बम भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी सन्तोष पाठकले दिएको जानकारी अनुसार सर्दीका स्थानीयहरु जंगलमा चौपाया चराउन जाँदा एकै ठाउँमा ९ वटा बम फलेला पारेका हुन् ।
भारतीय सेनाका पूर्वसैनिकसमेत रहनुभएका स्थानिय बासिन्दा रुकेश सरामुका अनुसार ती ८१ एमएम मोर्टारका बम (गोला) हुन्। सरामुका अनुसार ती बम ५ हजार २ सय मिटर रेन्जका हुन् ।
सरामुले भन्नुभयो, ‘ठूला–ठूला विस्फोटक पदार्थ ९ थान भेटिएको छ । माओवादी जनयुद्धका बेला सेना वा माओवादी लडाकुले छाडेका बम हुनु पर्दछ ।’
बम फेला परेको स्थानमा इलाका प्रहरी कार्यालय दुम्कीबास र सर्दीबाट प्रहरी पठाइएको छ। नेपाली सेनासँग पनि समन्वय गरिएको प्रहरीले जनाएको छ ।