Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

फेरी बढ्यो कोरोना संक्रमण : आज थपिए १६ जना

फेरी बढ्यो कोरोना संक्रमण : आज थपिए १६ जना

  • आइतवार, चैत्र १२ २०७९

  • 446
    SHARES

  • फेरी बढ्यो कोरोना संक्रमण : आज थपिए १६ जना

    काठमाडौं। नेपालमा फेरी पनि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ।

    मन्त्रालयका अनुसार आज थप १६ जना सङ्क्रमित थपिएका छन्। यससँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ४२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जना निको भएका छन्।

    नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार २२३ जना तथा एन्टिजेन विधिबाट १ लाख ५२ हजार २३३ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ९ लाख ८९ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् ।

    हालसम्म १२ हजार २० जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपालमा निको हुनेदर ९८.८ प्रतिशत छ, भने मृत्यु हुनेदर १.२ प्रतिशत रहेको छ ।


    आइतवार, चैत्र १२ २०७९०५:४९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij