Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

खानेपानी ट्यांकीभित्र भेटियो शव

खानेपानी ट्यांकीभित्र भेटियो शव

  • आइतवार, चैत्र १२ २०७९

  • 415
    SHARES

  • खानेपानी ट्यांकीभित्र भेटियो शव

    काठमाडौं। तनहुँमा खानेपानीको ट्यांकीमा शव फेला परेको छ। तनहुँको म्याग्दे गाउँपालिका–४ को मनहरि पीपलटार खानेपानीको ट्यांकीमा आज बिहान शव फेला परेको हो ।

    उभोक्ताहरुले घरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको गुनासो गरेपछि खानेपानी उपभोक्ता समितिले ट्यांकी खोलेर हेर्दा शव फेला परेको उपभोक्ता समितिका सचिव चन्द्रकुमार मल्लले जानकारी दिनुभयो।

    ‘दुई(तीन दिन अगाडिदेखि उपभोक्ताले पानी गन्हायो भनेर गुनासो गर्नुभएको थियो, आज बिहान ट्यांकीको ढकन खोलेर हेर्दा शव देख्यौं,’ उहाँले भन्नुभयो, ‘दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्यांकी खोलेर हेर्दा शव देखेपछि हामी नै झसंग भयौं,’ उहाँले भन्नुभयो।

    उहाँलेले उक्त शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको बताउनुभएको छ ।‘ढकन खोल्दा सुरूमा कपाल जस्तो देख्यौं, पछि कपडा पनि देख्यौं, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौं,’ उहाँको भनाइ छ । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ।

    जिल्‍ला प्रहरी कार्यालयका प्रमुख एसपी अबदेश विष्टले शव निकाल्ने काम भइरहेको रशवको सनाखत पनि भइनसकेको जानकारी दिनुभयो ।


    आइतवार, चैत्र १२ २०७९०१:५१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij