Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

आज यी प्रदेशमा वर्षाको सम्भावना

आज यी प्रदेशमा वर्षाको सम्भावना

  • आइतवार, चैत्र १२ २०७९

  • 248
    SHARES

  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 


    आइतवार, चैत्र १२ २०७९०६:५६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij