Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरको सूचना

अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरको सूचना

  • शनिवार, चैत्र ११ २०७९

  • 233
    SHARES

  • अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरको सूचना

    काठमाडौं । नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको छ ।

    महानगरले शनिबार एक सूचना प्रकाशित गर्दै नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल हटाउन भनेको हो ।

    महानगरले यसअघि पनि पटक पटक यस्ता सूचना जारी गरी अनधिकृत संरचना हटाउन भनी सबैलाई जानकारी गराईसकेको भन्दै अब एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सोको खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।


    शनिवार, चैत्र ११ २०७९१२:३४:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij