Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बिहान ६ देखि साँझ ८ बजेसम्म रानीपोखरी सर्वसाधारणका लागि खुला

बिहान ६ देखि साँझ ८ बजेसम्म रानीपोखरी सर्वसाधारणका लागि खुला

  • शनिवार, चैत्र ११ २०७९

  • 245
    SHARES

  • बिहान ६ देखि साँझ ८ बजेसम्म रानीपोखरी सर्वसाधारणका लागि खुला

    काठमाडौं । रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ।

    काठमाडौं महानगरपालिकाले रानीपोखरी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला गरेको हो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले निःशुल्क रूपमा घुमफिर तथा अवलोकन गर्न रानीपोखरी खुला गरेको जानकारी दिनुभयो। शान्तिसुरक्षा तथा सामाजिक वातावरणमा असर नपरेमा ३६५ दिन नै रानीपोखरी खुला हुने उहाँले बताउनुभयो ।

    यसअघि रानीपोखरी तिहारको बेला भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्थ्यो।

    २०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको थियो। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७८ पुस ८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन।

    भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा रानीपोखरी निर्माणको शिलान्यास गरिएको थियो भने २०७७ कात्तिक ५ गते उद्घाटन गरिएको थियो।

    कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले वि।सं।१७२६ मा रानीपोखरी निर्माण गर्न लगाएका थिए।


    शनिवार, चैत्र ११ २०७९०७:०८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij