काठमाडौं। नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । राष्ट्रिय तथ्यांक विभागले आज राष्ट्रिय जनगणना २०७८÷०७९ को नतिजा सार्वजनिक गर्दै २०७९ मंसिरसम्म देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको जानकारी दिएको हो । जनसंख्या बढेपनि वृद्धिदर भने घट्दै गएको पाइएको छ । राष्ट्रिय तथ्यांक विभागका तथ्यांक अधिकारी डा। हेमराज रेग्मीले नयाँ जनसंख्यासहितको प्रतिवेदन आज सार्वजनिक गर्नुभएको थियो ।
तथ्यांकअनुसार महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको संख्या करिब ७ लाख कम रहेको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ । सार्वजनिक नतिजाअनुसार प्रारम्भिक तथ्यांकमाभन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो ।
विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठले जनगणनाले नेपालको विकास योजनालाई सहयोग पु¥याउने बताउनुभएको छ । उहाँले जनसंख्याको तथ्यांकले देशको समग्र चित्र देखाएको र वृद्धिदर घटेको देखिएको बताउनुभयो । अब जनसंखयासँग सम्बन्धित योजना नै परिवर्तन गर्नुपर्ने श्रेष्ठको धारणा थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तथ्यांकको गुणस्तर अभिवृद्धि गरी नियमित रुपमा तथ्यांकको आपूर्ति हुने व्यवस्था मिलाउन जरुरी रहेको बताउनुभएको छ । उहाँले सरकारले तथ्यांक प्रणालीको सुदृढीकरण तथा एकीकृत तथ्यांक पद्धतिको निर्माण गर्ने उद्देश्यले हालै जारी गरेको तथ्यांक ऐन, २०७९ को कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको समेत नेपालमा छोरा जन्माउने दर बढेको छ ।
जनगणनाको रिपोर्टअनुसार अनुसार छोरी भन्दा छोरा पाँच प्रतिशत बढी जन्माएको पाइएको छ । जसअनुसार गत १२ महिनाको आंकडालाई केलाउँदा ५२ दशमलव ८ प्रतिशत छोरा र ४७ दशमलव ३ प्रतिशत छोरी जन्माएको पाइएको छ । १२ महिनामा ४ लाख १२ हजार ९ सय ३५ जना बच्चाको जन्म भएको छ । जसमध्ये २ लाख १८ हजार ७४ जना छोरा र १ लाख ९४ हजार ८ सय ६१ छोरी जन्माएका छन् ।