काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुग्नुभएको छ । सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार पुग्नुभएको हो ।
कुँवरलाई सरकारले आजै आईजीपीमा नियुक्त गरेको थियो । दुई दिनअघि मात्र एआईजीको फुली लगाएका ५ जनामध्येबाट वरियताको पहिलो नम्बरमा रहेका कुँवरलाई सरकारले आईजिपी बनाएको हो ।
वर्तमान आईजिपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् । सरकारले कुँवरलाई आईजिपी बनाउने निर्णय गरेलगत्तै सिंह, कुँवरलाई आफ्नो गाडीमा राखेर सिंहदरबार जानुभएको हो ।