काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताउनुभएको छ ।
विगतदेखि संगठनले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने बताउँदै उहाँले संगठनभित्र आन्तरिक शुद्धीकरण गर्नु मुख्य प्राथमिकता रहेको बताउनुभयो ।
कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताउनुभयो।
आफूले प्रणालीगत थिति बसाउने गरी काम गर्ने बताउँदै कुँवरले प्रोएक्टिभ पुलिसिङ गर्ने बताउनुभयो । ३० वर्षे सेवा अवधि कायमै रहे उहाँले एक वर्ष प्रहरी नेतृत्व सम्हाल्नुहुनेछ ।
तीन दिनअघि मात्रै सरकारले कुँवरसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए ।
तीमध्ये १ नम्बर वरियतामा रहेका कुँवरलाई सरकारले महानिरीक्षकमा बढुवा गरेको हो ।