Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आईजीपीमा बसन्त कुँवर नियुक्त

आईजीपीमा बसन्त कुँवर नियुक्त

  • शुक्रवार, चैत्र १० २०७९

  • 387
    SHARES

  • आईजीपीमा बसन्त कुँवर नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त हुनुभएको छ ।

    शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

    आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।

    तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

    हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    बढुवा भएपछि महानिरीक्षक धिरजप्रताप सिंहसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एआईजी बढुवा विवादरहित भएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।


    शुक्रवार, चैत्र १० २०७९०५:००:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij